बुद्ध एयरले भद्रपुर–पोखरा सिधा उडान गर्ने



काठमाडौँ । बुद्ध एयरले वैशाख २ गतेदेख भद्रपुर–पोखरा दैनिक उडान गर्ने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । पोखराबाट भद्रपुर दिउँसो १ः २५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने बुद्ध एयरले जनाएको छ ।
यस उडानबाट स्वदेशी मात्रै नभई भारतीय पर्यटक समेत लाभान्वित हुने कम्पनीको भनाइ छ । सीमापारि सिलगुढी, दार्जिलिङ, सिक्किमबाट पर्यटक पोखरा भित्रिन सहज हुनेछ बुद्ध एयरले जनाएको छ । भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज समेत ल्याएको छ । एयरले काठमाडौं बाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ । यसअघि नै भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट पोखरा सिधा उडान विस्तार गरिसकेको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्