सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमालाई जुरी अवार्ड



काठमाडौं : नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड-पर्फमेन्स’ जितेकी छन् ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’ मा  चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड-पर्फमेन्स’ जितेकी हुन् । 

त्यस्तै अविनाश विक्रम शाहले निर्माण गरेको छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ ।

स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठहर्‍याउँदै जुरीले अवार्ड प्रदान गरेको हो । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

चलचित्र विकास बोर्ड नेपालले यस वर्ष ‘सार्क फिल्म फेस्टिबल’मा ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धा विधामा पठाएको थियो ।

उक्त फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्