दाेस्तानामा दाजुबहिनीकाे रुपमा जम्दै याे जाेडी



काठमाडाैं : करण जोहरले आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल बनाउने घोषणा गरेसँगै यो फिल्मको चर्चाले बलिउड तातेको छ।

फिल्ममा कार्तिक आर्यन र जाह्नवी कपूरको शीर्ष भूमिका हुने भनिएको छ। दर्शकले यी दुईको अनस्किृन केमेस्ट्रीकाे प्रतीक्षा गरिरहेका छन्।

तर फिल्ममा यी दुई जोडीका रुपमा नरहने भारतीय मिडियाले लेखेका छन्। फिल्मका कार्तिक र जाह्नवी एकअर्कासँग रोमान्स गरेको अवस्थामा नभएर दाजुबहिनीका रुपमा देखिने भएका छन्।

योसँगै एउटा प्रश्न के छ भने आखिर जाह्नवीको अपोजिटमा हिरो को हुनेछन् ? खबरका अनुसार जाह्नवीको अपोजिटमा कुनै फ्रेस कलाकार हुनेछन्। तर, फिल्म टिमले यसबारेमा कुनै जानकारी दिएको छैन।

प्रतिक्रिया दिनुहोस्