दुर्लभ समुद्री जीव खाएपछि यी अभेनेत्री जेल जाने !



काठमाडौं : दक्षिण कोरियाली एक अभिनेत्रीले थाइल्यान्डमा समुद्री जीव खाएपछि उनीमाथि पाँच वर्षको कारावास हुने भएको छ। उनले समुद्री जीव क्ल्याम खाएकी थिइन्। क्ल्यामलाई थाई कानुनअनुसार संरक्षण गरिएको छ। उनले गरेको अपराध खचिएको छ।

एउटा रियालिटी टेलिभिजन शोका लागि उनले अवैध रूपमा क्ल्याम चोरेको आरोप लागेको थियो। अभिनेत्रीको नाम ली यीओल–इयुम हो। उनले थाइल्यान्डको मरिन पार्कमा विशाल क्ल्यामहरू खोज्न डाइभिङ गरेकी थिइन्।

दक्षिण कोरियाको लोकप्रिय रियालिटी शो ल अफ द जंगलको एक एपिसोडका लागि यी २३ वर्षीया अभिनेत्रीले संकटापन्न प्रजातिको शिकार गरेकी थिइन्। उनले क्ल्याम समातेर खाएको र रमाएको देखिएको थियो। हात चाओ माइ राष्ट्रिय निकुञ्जका प्रमुख नारोङ कोङएडले लीविरुद्ध दुईवटा कानुन उल्लंघनको मुद्दा लगाइएको बताएका छन्।

उक्त राष्ट्रिय निकुञ्जमा नै रियालिटी शो छायांकन गरिएको थियो। अधिकारीहरूले यो मुद्दा अघि बढाउने निर्णय लिएमा लीले २० हजार भाट जरिवाना तिर्नुपर्छ र पाँच वर्षको कारावास सजाय पनि भोग्नुपर्छ।

उक्त रियालिटी शो प्रसारण भएपछि थाल्यान्डका दर्शकहरूले राष्ट्रिय निकुञ्जको ध्यानाकर्षण गराएका थिए। शुक्रवार एक वक्तव्य निकालेर दक्षिण कोरियाली शोले माफी मागेको छ अनि आफूहरूलाई थाइल्यान्डको वन्यजन्तु नियमावलीका बारेमा थाहा नभएको बताएको छ। तर थाई अधिकारीहरूले मुद्दा अघि बढाए भने पनि लीलाई जवाफदेही बनाउन मुश्किल छ।

प्रतिक्रिया दिनुहोस्