आँखाकाे नानीअनुसार मानिसकाे वास्तविकता यसरी थाहा पाउन सकिन्छ



काठमाडाैं : मानव शरीरको अभिन्न अंगमध्ये एक हो आँखा। आँखाकै कारण हामी संसार देख्छौं। यो सबै आँखाका नानीका कारणले सम्भव हुन्छ।

मानिसहरुको आँखाको नानीको रंङ्ग फरक–फरक हुने गर्दछ। कसैको कालो, कसैको निलो, कसैको खैरो त कसैकोे पहेंलो। समुद्रशास्त्रका अनुसार आँखाको रंङ्गको माध्यमद्वारा मानिसको व्यवहार र भविष्यबारे जानकारी प्राप्त गर्न सकिन्छ।

कस्तो रङ हुँदा कस्तो बानी हुन्छ?

कालो :- त्यस्तो पुरुष वा महिला जस्को आँखा कालो हुन्छ समाजका लागि उपयोगी हुन्छन्। उनीहरुलाई जीवनमा पैसाको कमि हुदैन।

खैरो :- खैरो आँखा भएका मानिसहरु अति चंचल स्वभाव र सुन्दर हुन्छन्। यस्ता मानिरहरु अति भावुक र कोमल स्वभावका हुन्छन्। यिनीहरुको बोलीमा भने नियन्त्रण हुँदैन।

निलो :- निलो आँखा भएका मानिसहरु अत्यन्तै चलाख, अवसरवादी र सानदार व्यक्तित्वका धनी हुन्छन्। यिनीहरुको जीवन सुरुमा सामान्य हुन्छ तर जीवनमा निक्कै सफलता प्राप्त गर्दछन्।

पहेलो आँखा :- जुन व्यक्तिको आँखा घ्यु जस्तो पहेंलो हुन्छ, उनीहरुको हृदय उदार हुन्छ। यिनीहरुमा ईश्वरप्रति गहिरो आस्था हुने गर्दछ। जस्लाई यिनीहरुको सहयोग आवश्यक पर्छ। यिनीहरु सहयोग गर्न पछि पर्दैनन्।

प्रतिक्रिया दिनुहोस्