पहिलो प्रवेशमै हट बनेर धमाका मच्चाउने १० हिरोइन (फाेटाे सहित)



काठमाडाैं : पछिल्लो समय बलिउड फिल्म उद्योगमा बोल्ड हिरोइनको रवाफ निकै बढ्दो छ। जो जति बोल्ड हुन सक्यो, उत्तिकै चर्चित। अभिनय कमजोर किन नहोस् बोल्ड भएकै कारण बलिउडमा स्थापित भएका नायिकाहरुको सूची लामै छ।

अहिलेकी चर्चित नायिका कट्रिना कैफले बलिउडमा प्रवेश पाउनका लागि आफूलाई हट अवतारमा प्रस्तुत गर्नुपरेको थियो। हरियाणाका प्रान्तीय फिल्ममा अभिनय गरेकी मल्लिका शेरावतले हट फोटो सुटकै कारण बलिउडमा प्रवेश पाएकी थिइन्। सुरुमै बोल्ड भएर आएका हिरोइनबारे ‘टाइम्स अफ इण्डिया’ले बनाएको सूची यस्तो छ :-

१. कट्रिना कैफ

हिन्दी फिल्म ‘बुम’ प्रदर्शन हुनु अघि नै उक्त फिल्मको पोष्टरको विषयमा विवाद भएको थियो। मधु सप्रे र कट्रिना कैफ दुई मोडलले उक्त फिल्ममा उत्तेजक अभिनय गरेका थिए। फिल्म रिलिजका बेला कट्रिनाले अश्लिता बेचेको आरोप नलागेको हैन तर, अहिले कैट उक्त आरोपवाट मुक्त भइसकेकी छिन्।

२. मल्लिका शेरावत

हिन्दी फिल्म ‘ख्वाहिस’ मा नायकसँग २२ पटक चुम्बन गरेकी छिन् मल्लिका शेरावतले। फिल्ममा काम गर्नु अघि हट फोटो शुट गरेकी मल्लिकाले फिल्ममा पनि हट सिनलाई पहिलो प्राथमिकतामा राखेकी थिईन्।

मल्लिकाको पेटमा ‘अण्डा फ्राइ’ गर्न चाहन्थे निर्माता !

३. सन्नी लियोनी

सन्नी लियोन बलिउडमा प्रवेश गर्न लागेको हल्ला चलेपछि उनको यति धेरै चर्चा भयो। केही हट फोटो शुट गरिन् उनले। मुम्बइका स्टुडियोमा खिचिएका विभिन्न नयाँ–नयाँ पोजका तस्बिर सार्वजनिक भए लगत्तै उनको थप चर्चा हुन्थ्यो।

४. इशा गुप्ता

‘जन्नत–२’ मा अभिनय गरेकी थिइन् मिस इण्डिया इशा गुप्ता। उक्त फिल्ममा इमरान हाशमीको नायिका बनेकी इशाले पनि फिल्ममा आउनु अघि नै उत्तेजक फोटो शुट गराएकी थिइन्।

५. लारा दत्त

हिन्दी फिल्म अन्दाजमा काम गर्दा अभिनेत्री लारा दत्तले पनि अंगप्रदर्शनलाई निकै महत्व दिएकी थिइन्। दर्शकले उनको अभिनय र अंग प्रदर्शनलाइ समेत रुचाइदिएपछि अगाडी बढन निकै सजिलो भएको थियो उनलाई।

Related image

६. बार्बी हाण्डा

हिन्दी फिल्म ‘जीद’ मा अभिनय गरेकी नायिका बार्बी हाण्डा हट एक्ट्रेसको रुपमा स्थापित हुने अभियानमा छिन्। उनको त्यो इच्छा नभएको भए पक्कै पहिलो फिल्ममै नायक कर्णबीरको मुखमा मुख जोडेर चुम्बन गर्ने थिइनन् होला। नातामा प्रियंका चोपडाको बहिनी पर्ने बार्बीले केही कामुक दृष्य दिएकी थिन्।

Related image

७. सुरवीन चावला

विभिन्न टिभी सिरियल र पञ्जाबी फिल्ममा अभिनय गरेकी सुरवीन चावलाले बलिउडमा आउनका लागि टुपिसमा फोटो शुट गरेकी थिइन्। हिन्दी फिल्म बीबी और ग्याङ्गस्टारमा बोल्ड भुमिकामा प्रस्तुत भएकी छिन्। जुन उनको पहिलो फिल्म थियो।

८. शर्लिन चोपडा

शर्लिन चोपडा मोडलिङको दुनियाँमा अत्याधिक चर्चित पात्र हुन पुगिन्। राम्रो भुमिका पाएमा नाङ्गै अभिनय गर्न तयार रहेको बताएकी शर्लिनलाई फिल्ममा उनले चाहेको रोल दिने निर्देशक भेटिएका छैनन्।

९. सोनाली राउत

किंगफिगर ग्ल्यामर गर्ल भनेर चिनिने सोनाली राउतले पनि दर्शकको ध्यान तान्न ब्यापक अंग प्रदर्शन गरिन्। न्युड सिन दिन तयार रहेको अभिब्यक्ति दिएर चर्चामा आएकी हुन् सोनाली।

Related image

१०. मेघना नायडु

हिन्दी फिल्म ‘हवस’ मा काम गर्नु अघि मेघना नायडुले पनि हट फोटो शुट गरेकी थिइन्। फिल्ममा पनि केही हट सिन दिएकी थिइन् तर, उनको हट दृष्य बिक्री नभएको बताउछन् बलिउड फिल्मकर्मी। किनकी अहिले उनी फिल्म क्षेत्रमा सक्रिय छैनन्।

प्रतिक्रिया दिनुहोस्