र्‍यापर हनी सिंहविरुद्ध उजुरी, यस्ताे छ कारण



काठमाडाैं : भारतीय र्‍यापर हनी सिंहविरुद्ध उजुरी परेको छ। उनले गाएको गीत ‘मखना’ का केही शब्दलाई लिएर उनीमाथि विभिन्न आरोप लगाइएको छ। उनीमाथि महिलालाई लिएर विवादित शब्द प्रयोग गरेको आरोप लगाइएको हो। महिला आयोगले गीतका शब्दलाई लिएर पञ्जाब प्रहरीमा उजुरी दर्ता गराएको हो।

उजुरीमा गायक हनी सिंह र भुषण कुमारलाई दोषी देखाइएको छ। गीतमार्फत अश्लीलता फैलाएको र धम्काइएको सहित अन्य नियमका आधारमा उनीहरूमाथि उजुरी दिइएको हो। आयोगले र्‍यापर हनी सिंहले महिलालाई अपमानजनक टिप्पणी गरेको आरोप लगाइएकाे छ। उनीहरुले हनी सिंहमाथि छिट्टै नोटिस जारी गर्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्