यी १० प्रश्न, जुन हामी सुनेर हैरान भइसकेका हुन्छौँ



काठमाडैं : हाम्रा अगाडि त्यस्ता थुप्रै प्रश्न हुन्छन्, जसलाई हामी सुन्दा सुन्दा हैरान भइसकेका हुन्छौ। अझ खासमा के छ भने यस्ता हैरान हुने प्रश्नहरु हामीले आफन्तबाट नै बढी सुन्ने गर्छाै।

आउनुहोस्, थाहा पाऔँ त्यस्ता १० प्रश्नहरु :- 

१. नतिजा कस्तो भयो ?

को होला, जसलाई नतिजाको बारेमा डर नलागोस् तर आफन्तलाई यो कुराले के फरक पार्छ र ? उनीहरु घरमा आउँदा नतिजाको बारेमा नाना थरी प्रश्नहरु सोध्ने गर्दछन्। दुर्भाग्यले यदि तपाईंको नतिजा नराम्रो आएको छ भने उनीहरुको व्यंगवाण सहन मुस्किल हुने गर्दछ।

२. तिम्रो तौल बढेको हो ?

आफूलाई मोटो भनेको कसलाई पो मनपर्ला र ? यसो हुँदा हुँदै कोही आफन्तहरु पटक–पटक यस्तो प्रश्न गर्ने गर्दछन्। हुन सक्छ, कसैले तपाईंको साँच्चै नै चिन्ता गरिरहनु भएको होला तर धेरैजसो आफन्तहरु तपाईंको अनुहारमा तनाव भएको हेर्न पाउँदा आनन्दित मान्छन्। अब यदि तपाईंले कसैलाई तपाईंको तौल बढेको हो भनेर प्रश्न गर्छ भने तपाईंले यसको जवाफमा ‘हामी हुने खाने घरको सदस्य हौँ’ भन्दै हाँसेर जवाफ दिनुहोला।

३. जागिर पाएको छैनौ ?

यदि तपाईंले जागिर खानुभएको छैन र जागिर खोज्दै हुनुहुन्छ भने तपाईंको आफन्त यो कुरामा बढि तनावमा भएको देखिन्छन्। तपाईंको जागिरको स्थितिको बारेमा सोधपुछ गर्न उनीहरु सदैव व्यस्त हुने गर्दछन्। यस्तो अवस्थामा तपाईंले उनीहरुको लागि नै कमाउनेजस्तो देखिन्छ। त्यसकारण अब जतिबेला तपाईंलाई कसैले जागिरको बारेमा सोधेमा तपाईं यो भन्नको लागि तयार हुनुहोस् कि ‘पहिलो ट्रिट तपाईंलाई नै दिनेछु।’

४. साथीहरुबाट किन केही सिक्दैनौ ?

कोही आफन्तहरुले तपाईंलाई तपाईंको साथीहरुसँग पनि तुलना गर्न पछि पर्दैनन्। उनीहरुका लागि तपाईं जहिले पनि एक मुद्दा बन्नु हुनेछ जसको तुलना उनीहरु तपाईंको सफल साथीहरुसँग गर्ने गर्दछन् र तपाईंले पनि आफ्नो साथीबाट केहि सिक्नुपर्ने भन्दै सुनाउने गर्दछन्।

५. पैसा उधारो पाउन सकिन्छ ?

पैसा र सम्बन्ध कहिले पनि मिल्नु हुँदैन । पैसाको कारणले सम्बन्धमा खटपट आउने गर्दछ। सबैभन्दा राम्रो यो हुन्छ कि कसैलाई पनि उधारो दिने नगर्नुहोस् विशेषगरि आफन्तहरुलाई। आफन्तहरु बाट सापटी लिनु भनेको आफैँलाई उनीहरुको अधिनमा राख्नु हो र उनीहरुको कुराहरु सुन्न बाध्य हुनु हो। आफन्तलाई उधारो दिनु भयो भने त्यो फिर्ता पाउने आश नगर्नुहोस्।

६. तलब कति छ ?

कारण चाहे जेसुकै होस् तर नेपाली आफन्तहरुलाई आफ्नो प्रिय मानिसहरुको तलबको बारेमा जान्ने इच्छा सधैँ हुने गर्दछ। उनीहरु कुनै न कुनै रुपले तपाईंले कति कमाउनु हुन्छ भन्ने कुरा जान्न चाहन्छन्। यसको पछाडि उद्देश्य तपाईंलाई सानो देखाउनु नै हुने गर्दछ। कोही आफन्तलाई तपाईं असहज अवस्थामा भएको हेर्न राम्रो लाग्ने गर्दछ।

७. कुनै प्रेमी वा प्रेमिका छ ?

नेपाली घरमा एउटा अलिखित नियम छ जसका अनुसार पुरुष र महिलाको विवाहको उमेर तय हुने गर्दछ। यो तोकिएको उमेरमा पनि कसैको विवाह भएको छैन भने त आफन्तलाई यो एउटा विषय नै बनेको हुन्छ। यस्तो अवस्थामा तपाईंका आफन्तहरु तपाईंको प्रेमी वा प्रेमिका भए नभएको सोध्न उनीहरु बेर नै लगाउँदैनन्। अचम्मको कुरा के छ भने उनीहरु यो प्रश्नको उत्तर ‘छ’ भन्ने सुन्न चाहन्छन्।

८. साडी किन लगाउँदैनौ ?

यदि तपाईं महिला हुनुहुन्छ भने शायद तपाईंले यस्तो सवालको सामना गर्नुपरेको हुनसक्छ। विशेषगरि यस्तो प्रश्न उमेर पुगेको आफन्तले गर्ने गर्दछन्। उनीहरुको नजरमा नेपाली महिलाले साडी र कुर्ताजस्ता लुगाहरु मात्र लगाउनुपर्छ जसले उनलाई भद्र भलाद्मी भएको देखियोस् भन्ने मान्यता रहेको हुन्छ।

९. विवाह कहिले गर्ने हो ?

नेपालमा विवाहको अर्थ हुन्छ परिवारलाई बढाउनु र सामाजिक चक्र बनाइराख्नु। यदि तपाईंको विवाह गर्ने उमेर भएको छ भने तपाईंका आफन्तले विवाह कहिले गर्दै छौ भन्ने प्रश्न सोधेर हैरान गर्नुहुनेछ।

१०. घरमा नयाँ पाहुना कहिले आउँदैछ ?

बच्चा कहिले हुन्छ, यसको अधिकार जोडीलाई मात्र हुने गर्दछ, तर आफन्त यो कुरामा कहाँ पछि हट्छन् र ? विवाह गरेको एक वर्ष नबित्दै बच्चा कहिले हुन्छ भन्ने प्रश्नको ओइरो लाग्ने गर्दछ। खुसीको खबर भइकन पनि यस्तो प्रश्न बोझको रुपमा खडा भएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्