होटल मालिककाे हेराइले म बलात्कृत भएँ : बलिउड नायिका इशा



काठमाडाैं : बलिउड नायिका ईशा गुप्ताले होटल मालिकलाई आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन्। शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्विट गर्दै यस्तो आरोप लगाएकी हुन्। शनिवार ईशाले होटल मालिक रोहित विजले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै ट्विट गरेकी थिइन्।

Related image

उनले लेखेकी छिन्, ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाहरुको हालत कस्तो होला ? यहाँ सम्म कि मसँग दुईजना सेक्युरिटी गार्ड थिए तर मैले यस्तो महसुस गरे कि उसले आँखाले नै मलाई बलात्कार गरिरहेको छ।’

Esha Gupta@eshagupta2811

If a woman like me can feel violated and unsafe in the county, then idk what girls around feel. Even with two securities around I felt getting raped.. you’re a swine.. he deserves to rot

429

4:11 AM – Jul 6, 2019

Twitter Ads info and privacy

200 people are talking about this

उनले यस्ता व्यक्तिहरुलाई संस्कार सिकाउन आवश्यकता भएको भन्दै अगाडि लेखेकी छिन्, ‘रोहिज विज जस्ता मानिसहरुका कारण नै महिलाहरु आफूलाई कहिल्यै सुरक्षित महसुस गर्न सक्दैनन्। तिमी आफ्ना आँखासँगै मेरो नजिक थियौँ र तिमीले मलाई घुर्नु नै काफी थियो।’ उनले लेखेकी छिन्, ‘केहि मानिसहरु एकदमै असभ्य हुन्छन्, लाग्छ उनीहरुलाई थाहा नै छैन अपरिचित मानिसहरुसँग कसरी व्यवहार गर्ने भनेर।’

प्रतिक्रिया दिनुहोस्