चितुवासँग फाेटाे खिचाएकी कृति किन बनिन् ट्राेलकाे सिकार ?



काठमाडाैं : बलिउड कलाकार आफ्नो तस्वीर बेला बेलामा सामाजिक संजालमा शेयर गर्ने गर्छन्। तर कहिले काँही तिनै तस्वीकार कारण उनीहरु ट्रोलको शिकार पनि हुनु परेको छ।

केही समयअघि अभिनेत्री कृतिसँग पनि यस्तै घटना भएको छ। कृतिले आफ्नो इन्स्टाग्राममा केही तस्बिर से‍यर गरेकी छन्। सामाजिक संजालमा शेयर गरेको फोटोका कारण उनी ट्रोलको शिकार हुनु परेको छ।

कृति यतिबेला आफ्नो टिमसँग जाम्बियामा छुट्टी मनाइरहेकी छन्। उनी केही दिन अगाडि जाम्बियाको नेशनल पार्क पुगेकी थिइन्। र, त्यहाँका केही तस्वीर उनले सामाजिक संजालमा शेयर गरेकी थिइन्। जसका कारण उनी ट्रोलको शिकार बन्न पुगिन्।

नेशनल पार्कमा कृतिले सिंह र चितुवासँग फोटो खिचाएकी थिइन्। फोटोमा कृतिले एउटा चितुवासँग पोज दिएर खिचाएको फोटोमा लेखेकी छन्– He Wanted a selfie!! Couldn't say on..# Zambia’ जुन उनका फ्यानलाई मन परेन। चितुवासँग फोटो खिचाएपछि उनका फ्यानले ट्रोल गर्न सुरु गरे। 

एक प्रयोगकर्ताले लेखेका छन्–यो न तपाइँको घर पालुवा जनावर हो र यो मनोरञ्जनको साधन। यसरी फोटो खिच्न बन्द गरौं। जंगली जनावरका इज्जत गरौं।’ आफू ट्रोलको शिकार भएपछि उनले इन्स्टाग्रामबाट फोटो डिलिट गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्