यी नायिका जसले रोमान्सकै लागि बढाइन तौल 



रोमान्सका लागि तौल घटाउनेहरु त धेरै हुनछन् तर रोमान्सकै लागि तौल बढाउनुपर्ने एकदमै कम हुन्छ । बलिउड नायिका अनन्या पाण्डेलाई रोमान्सकै लागि तौल बढाउनु पर्ने भएको छ । 

फिल्म ‘स्टुडेन्ट अफ द इयर-२’ बाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री अनन्या पाण्डेले आफ्नो दोस्रो फिल्मका लागि तौल बढाउनु पर्ने भएको छ । फिल्म ‘पति पत्नी और वो’ को रीमेकमा कार्तिक आर्यन तथा भूमि पेडनेकसँगै अनन्या पनि देखिँदै छिन् । उक्त फिल्मका लागि अनन्याले धेरै प्रकारका तयारीहरु गरिरहेकी छिन् ।

उक्त फिल्ममा अनन्याले अलि बढी उमेरकी सेक्रेटरीको भूमिका निर्वाह गरिरहेकी छिन्, जसका बोस उनीप्रति मोहित हुन्छन् । यसका लागि उनले आफ्नो तौल बढाएकी छिन् । 

हालैको एउटा अन्तर्वार्तामा अनन्याले भनिन्-‘म आफ्नो नयाँ फिल्मका लागि धेरै प्रकारका तयारीहरु गरिरहेकी छु । सबैभन्दा ठूलो कुरा मैले यो अवधिमा पाँच केजी तौल बढाएकी छु ।’

अनन्या भन्छिन्- 'तौल बढाउनु भनेको तपाईंले जे पायो त्यही खानेकुरा खानु भन्ने होइन, बरु सही र ठिक तरिकाले खाना खानु हो ।’

पति पत्नी और वो फिल्मको छायांकन उत्तर प्रदेशमा करिव दुई महिनाको अवधिमा पुरा गरिने छ । फिल्मको फस्ट लूक हालै सार्वजनिक गरिएको थियो, जसमा कार्तिक, अनन्या तथा भूमि देखिएका थिए । भूषण कुमारले उक्त फिल्म निर्माण गर्न लागेका हुन् । यो फिल्म डिसेम्बर ६, २०१९ मा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्