छवि ओझाविरूद्ध शिल्पाले दिइन् घरेलु हिंसाको उजुरी, मागिन डिभोर्स



काठमाडौं : अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्धमा चिसोपना आएको बुझिएको छ । 

शिल्पा पोखरेलले श्रीमान् छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले गएको तीन दिन अगाडि काठमाडौं प्रहरी परिसरमा आफूमाथि श्रीमान् ओझाले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएको प्रहरीले जानकारी दिएको छ । 

Related image

उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज (बुधबार) दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ।  केही समययता दुईको बैबाहिक जीवनमा दरार उत्पन्न भएको निकट स्रोतले बताएको छ । सम्बन्धमा खटपट हुनुको कारण भने खुल्न सकेको छैन ।

Image result for chhabi ojha and shilpa pokhrel

स्रोतका अनुसार, शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । यस विषयमा बुझ्न खोज्दा छवि र शिल्पा दुबैसँग फोन सम्पर्क हुन् सकेको छैन् । उनीहरुले गएको तीन वर्ष अगाडि काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । 

छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्