एकलब्यको एक्सन प्रधान ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं : आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

अनमोल शर्माले निर्देशन गरेका चलचित्र एकलब्यको ट्रेलर एक्सन प्रधान रहेको छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ । 

निर्देशक शर्माका अनुसार एकलव्य समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित चलचित्र हो । यसमा फिल्म्का अभिनेताद्धय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन ससक्त छ । 

यो चलचित्रमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । 

चलचित्र एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । 

यो चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत/संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।

चलचित्रको प्रदर्शनी मिति नजिकिँदै गर्दा यसको ट्रेलर सोमबार  रिलिज गरिएको हो । दुई साता अघि यो चलचित्रको ‘पूर्वै चल्नेया रेल…’को भिडियो रिलिज गरिएको थियो । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्