धड्कन बढाउने सुरविनाको ‘बोल्ड’ रुप



काठमाडाैं : नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन्। नेपाली दर्शकले उनलाई अब फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पाउनेछन्। फिल्ममा सुरविनाको शीर्ष भूमिका रहनेछ।

फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारमा पस्केकी हुन्छिन्।

करिअरको खोजीमा मुम्बईमा रहेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन्। तर, ती फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनाएको छ। ग्ल्यामरका कारण चर्चामा रहने सुरविनाले ‘छप्पन छप्पन २’ मा कस्तो अभिनय गर्ने हो, त्यो भने हेर्न बाँकी छ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्