१० दिन पछि सर्‍यो सी डिभिजन फुटबल लिग



काठमाडौं । शहिद स्मारक सी डिभिजन फुटबल लिग १० दिन पछि सरेको छ । अखिल नेपाल फुटबल संघ एन्फा ले सोमबार एक विज्ञप्त जारी गर्दै सी डिभिजन लिग सरेको जानकारी दिएको हो ।

अब लिग पूर्वनिर्धारित मिति भन्दा १० दिन पछि सरेको छ । लिग वि.स. २०७९ वैशाख ९ गतेबाट सुरु हुनेछ । यसअघि २०७८ चैत २९ गते बाट लिग सुरु हुने तालिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्