आईपीएल क्रिकेटमा गुजरातको पहिलो हार



काठमाडौं । सनराइजर्स हैदराबादसँग ८  विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० प्रतियोगितामा सोमबार  गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ। यता, हैदराबादको भने यो दोस्रो जित हो।

सोमबार राति  मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए। यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे । गुजरातका हार्दिक पान्ड्याराशिद खानले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो। उसका कप्तान हार्दिकले ५० रन बनाए।  हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्