त्रिविका उपकुलपतिले भने,‘पत्रकारले रातो प्लाइउडलाई कार्पेट भनेर प्रचार गरे’



काठमाडौं : बुधबार त्रिभुवन विश्वविद्यालयले ६० औँ वार्षिकोत्सव मनायो । त्रिविकै प्रांगाणमा आयोजित एक कार्यक्रममा उपकुलपति कार्यालय र नजिक बनाइएको सरस्वतीको मन्दिर उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । 

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीलाई निम्त्याइएका कार्यक्रममा सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको उपस्थिति थियो । 

त्यस कार्यक्रमका लागि निम्त्याइएका प्रधानमन्त्री ओली हिलोमाथि बिछ्याइएको रातो कार्पेटमा हिँडेको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पायो । 

प्रधानमन्त्रीलाई कार्यक्रमस्थलदेखि उद्घाटनस्थलसम्म पुर्याउन हिलोमाथि रातो कार्पेट ओछ्याइएको थियो । तर, यस विषयलाई त्रिविका उपकुलपति तीर्थ खानियाँले अस्वीकार गरेका छन् । 

उपकुलपति खानियाँले प्रधानमन्त्री ओलीको स्वागतको लागि हिलोमाथि विछ्याइएको रातो कार्पेट नभएर रातो प्लाइउड भएको दाबी गरे ।  

खानियाँको भनाइ उनकै शब्दमा:-

सरस्वती मन्दिर उद्घाटन प्रधानमन्त्रीबाट गराउने भन्ने दाताहरुको सदीक्षा थियो । त्यस बमोजिम उहाँलाई हामीले आमन्त्रित गरेका हौं ।

कार्यक्रमस्थल जाने बाटो पानी परेर अलिकति हिलो भएको थियो । हिलोमा त हिँडाउने कुरा भएन प्रमलाई । त्यसैले हामीले बाटोमा दुई–तीनवटा प्लाइउड ओछ्याइदिएका थियौं । तर, त्यसलाई रातो कार्पेट भनेर प्रचार गरियो । प्लाइउडलाई कार्पेट देख्ने मिडियाका कस्ता आँखा हुन् मैले बुझ्न सकेको छैन । आउँदै नआई, हेर्दै नहेरीकन पत्रकारहरुले प्लाइउडलाई कार्पेट भनेर लेखे ।

भिसी कार्यालय भवन ६–७ महिना, एक वर्ष अगाडि नै बनेको हो । तर, भवनको अगाडि भाग फ्लोरिङ भइसकेको छैन । दुई–तीन दिनदेखि झरी परिरहेको थियो । सरस्वतीको मन्दिर भवनबाट अलि टाढा बाहिर छ । त्यहाँ जानलाई प्लाइउड बिछ्याइएको हो ।

हाम्रो नयाँ भवनको छतमुनि नै प्रधानमन्त्रीको गाडी रोकिएको थियो । भवनभित्र जान हिलोमा टेक्नै पर्दैनथ्यो । तर भिसी कार्यालय बाहिर सरस्वतीको मन्दिर थियो । भिसी कार्यालयभित्रै त मन्दिर राख्ने कुरा आएन नि । त्यहाँसम्म जाने बाटोमा ओछ्याइएको प्लाइउडलाई लिएर यसरी पत्रकारहरुले भ्रामक प्रचार गर्नुभयो ।

मैले पत्रकारिता विभाग प्रमुखलाई बोलाएर पनि सोधेँ । पत्रकारिता विषयको कोर्स पल्टाएर पनि हेरेँ । त्यहाँ प्लाइउडलाई रातो कार्पेट देख्नुपर्ने पढाइ देखिन मैले । त्यसैले पाठ्यक्रम, पाठ्यपुस्तकमा सुधार गर्नुस् भनेर पठाएँ । हामीले कमिटी पनि गठन गर्दैछौं ।

अब हामी छलफलमा जान्छौं । प्रेसको स्वतन्त्रतामा हामी प्रत्यक्ष प्रवेश गर्दैनौं । तर ज्यादै धेरै नकारात्मक भयो कि जस्तो लाग्छ मलाई । मैले समीक्षा पनि गर्दैछु ।

यो विश्वविद्यालय संसारभरका एक हजारमा परेको छ । आफू पढेको विश्वविद्यालय आफ्नो आमा जस्तो हो नि । त्यो विश्वविद्यालयको खिल्ली उडाउँदा मजा मान्ने पत्रकार कसरी निकाल्नु भयो भनेर आज मैले एचओडी (विभाग प्रमुख) सोधेको छु । पत्रकारहरुको त दोषै भएन यसमा । पत्रकारहरु त हामीले जे बनायौं, त्यस्तै बने । मैले उहाँलाई पनि सोधें– यो प्लाइउड रातो कार्पेट देख्ने पढाइ कहाँनेर छ ?

रातो कार्पेटको प्रयोग चाहिँ हाम्रो घरभित्र छ । सभासदहरु हिँड्दाखेरि घरभित्र रातो कार्पेट बिछ्याउने पुरानो कुरा हो । पोहोर पनि थियो, परार पनि थियो, झन् परार पनि थियो, सधैं हुन्छ । सिनेटरहरु गाउन लगाएर हिँड्ने क्षेत्रमा रातो कार्पेट राखिन्छ ।

रातो कार्पेट हाम्रो परम्परा हो । विश्वविद्यालयले परम्परा त धान्नुपर्छ नि । रातो कार्पेट राजाको पालामा सुरु भयो होला । त्यसपछिका प्रधानमन्त्रीज्यूहरु पनि रातो कार्पेटमा हिँडे । रातो कार्पेटको बहस आआफ्नो ठाउँमा छ, गरौंला । तर, हिलोमा रातो कार्पेट ओछ्याइएको होइन । रातो, कालो, पहेँलो कस्तो रंगको थियो, तर प्लाइउड नै हो त्यो ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सल्यान : बहुविवाहको आरोपमा सजाय भोग्दै आएका एक दम्पतीसँगै उनका तीन सन्तानले पनि कैदी जीवन

काठमाडौं: बैकिङ करिर शुरु गर्न चाहनेहरुको लागि खुसीको खबर आएको छ । बित्तीयससंस्थामा काम गर्न

धुलिखेल: धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना

काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति

काठमाडौं : अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब

भैरहवा : लुम्बिनीमा रहेका बिभिन्न देशका बौद्ध बिहारहरु गेष्ट हाउसको रुपमा सञ्चालनमा हुँदा ब्यवसायीको लगानी

काठमाडौं : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ मा रहेको रमणीय र पर्यटकीय दामन घुम्ने अभिलासा बोकेर

काठमाडौं : राजीनामा नदिने लामो अडानपछि शिवमाया तुम्बाहाङ्फेले सोमवार संसद् बैठकमै उपसभामुख पदबाट राजीनामको घोषणा

काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेल सकिएको छ। सातौं चरणको

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमणमा आउने भन्दै सन् २०२० को

मकवानपुर : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ

श्रीलङ्का : श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु