सिन्धुलीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला



सिन्धुली : सिन्धुलीमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ कात्तिके जंगलमा करिब ४० वर्षका पुरुषको शव झुण्डिएको अवस्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए । 

शवको अवस्था हेर्दा चार पाँचदिन पहिला नै झुण्डिएर मृत्यु भएको र शव कुहिएको अवस्थामा भएका कारण पहिचान हुन नसकेको उनले बताए । 

स्थानीयले घाँस काट्न जाँदा शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याएर राखिएको थापाले जानकार दिए ।

प्रतिक्रिया दिनुहोस्