लाेकसेवा विज्ञापनविरुद्ध साउन २ र १० गते नेपाल बन्द आह्वान



काठमाडौं : लोकसेवाको विज्ञापनविरुद्ध साउन २ र १० गते नेपाल बन्दको आह्वान गरिएको छ । 

आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको महासंघले जनाएको छ  । 

आन्दोलनका कार्यक्रमः-

  • २०७६ असार २८ गते प्रचार–प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
  • २०७६ असार २९ गते साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
  • २०७६ असार ३० गते साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
  • २०७६ असार ३१ गते उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
  • २०७६ साउन २ र १० गते नेपाल बन्द ।

     

प्रतिक्रिया दिनुहोस्