अन्तिम खेलमा समेत नेपाल अफगानिस्तानसँग पराजित



काठमाडौं । एएफसी फुटसल एसियन कप-२०२२ छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८-१ अन्तरले पराजित भएको छ ।

मंगलबार कीर्गिस्तानको बिश्केकमा सान्त्वना जितको खोजीमा रहेको नेपाल अफगानिस्तानसँग ठूलो अन्तरले पराजित भएसँगै खेलिएको तीनै खेल विपक्षीलाई सुम्पिएको छ ।

लगातार दुई खेल हारेसँगै प्रतियागिताबाट बाहिरिएको नेपालले आज अन्तिम खेल खेलेको थियो । नेपाल ७-० ले पछि परेको स्थितिमा सुमित श्रेष्ठले एक सान्त्वना गोल गरेका थिए ।

यसअघि नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ अन्तरले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ताजकिस्तानसँग ११-१ ले लज्जास्पद हार बेहोर्यो ।

यस समूहबाट उज्वेकिस्तान र ताजकिस्तान एसिया कपमा स्थान बनाउँदा अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्