चेल्सीसँग पराजित रियल सेमिफाइनलमा



काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा  रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार  राति घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । 

पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्यो। चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन। रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे। १५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २-० अन्तरले अग्रता बनायो । टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए। अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरी खेलेसँगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्