फ्राइडे रिलिज : ‘सानो मन’लाई सोलो रिलिजको अवसर



काठमाडौं : सोलो रिलिजको अवसर पाएको फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘सानो मन’ प्रदर्शनमा आएको छ ।

चलचित्रमा शिल्पा मास्के र आयुष्मान देशराज जोशीको प्रेम, रोमान्स र पीडा देखाइएको छ । दुई मुख्य पात्रको सम्बन्धमा आइपरेका उतार चढावलाई चलचित्रले चित्रण गरेको छ ।

Image result for सानो मन

सुयोग गुरुङले निर्देशन गरेको यस चलचित्रमा शिल्पा र आयुष्मानका अलावा गौरी मल्ल, विशाल पहारी, रश्मी भट्ट, शिशिर वांदेल, सक्षमकृष्ण सुवेदीलगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्