म्यानचेस्टर सिटी सेमिफाइनलमा



काठमाडौं । दस खेलाडीमा सीमित  एथलेटिको मड्रिडसँग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति  गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। समग्रमा इंग्लिस क्लब  सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो। दोस्रो लेगमा एथलेटिको १० खेलाडीमा सीमित भएको थियो।

घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एथलेटिको सेमिफाइनल पुग्न सफल भयो । बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनि समग्रमा ६-४ले विजयी हुँदै सेमिफाइनलको टिकट काट्यो । फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्