आईपीएल : मुम्बईको पाँचौ हार



काठमाडौं । इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो।

महाराष्ट्रमा भएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनायो। मुम्बईका देवल ब्रेभिसले सर्वाधिक ४९ रन बनाए। यस्तै  सूर्यकुमार यादवले ४३ रनको योगदान गरे। पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो। पन्जाबका  शिखर धवनले सर्वाधिक ७० रन बनाए। यस्तै कप्तान मायांक अग्रवालले ५२ रनको योगदान गरे। मुम्बईका बसिल थाम्पीले २ विकेट लिए । जितसँगै पन्जाब ५ खेलबाट ६ अङ्क जोडेर  तेस्रो स्थानमा छ। मुम्बईले ५ खेलबाट बिना अङ्क पुछारमा छ। 

प्रतिक्रिया दिनुहोस्