युक्रेनको भूमिमा क्षेप्यास्त्र प्रहार गर्ने रुसको युद्धपोत ध्वस्त



एजेन्सी । कृष्ण सागरबाट युक्रेनको भूमिमा क्षेप्यास्त्र प्रहार गर्ने रुसको महत्त्वपूर्ण युद्धपोत मोस्क्वा मिसाइल क्रुजर ध्वस्त भएको छ । नेप्च्युन क्षेप्यास्त्र उपयोग गरेर आफूले रुसी युद्धपोत ध्वस्त पारेको युक्रेनको दाबी छ ।

युक्रेनको आक्रमण भन्दा पनि क्षेप्यास्त्रहरू राखिएको यो यस युद्धपोतमा आगो लागेर विस्फोट भएको दाबी रुसले गरेको छ । युद्धपोतमा भएका सबै सैनिकलाई युद्धपोतबाट निकालिएको पनि उसले बताएको छ । रुसी युद्धपोतमा आगो लागेको तस्वीर सार्वजनिक भएको छ । युद्धपोतमा धेरै क्षति पुगेको रुसले स्वीकार गरेको छ ।

युक्रेनमाथि रुसले आक्रमण गरेको ५० दिन पुगिसकेको छ र यसबीचमा युद्धपोत ध्वस्त हुँदा रुसी जलसेनालाई धेरै ठूलो झड्का लागेको छ । रुसको रक्षा मन्त्रालयले युद्धपोत खाली गराएर आगलागीको अनुसन्धान गरिरहेको जनाएको छ । रुसको इन्टरफ्याक्स समाचार संस्थाका अनुसार, युघपोतमा गोलाबारुद थिए र आगो लागेपछि ती ध्वस्त भए ।

मोस्क्वा युद्धपोत ६०० फीट लामो र १२ हजार ५०० टन भारी छ । सन् १९७९ मा पहिलोपटक यसलाई प्रक्षेपण गरिएको थियो । युद्धपोतमा चालक दलका ५१० सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्