एन्फाको अफिसियल फेसबुक पेज ह्याक



काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ। बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो। ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ।

उक्त फेसबुक पेज ह्याक भएपछि एन्फाले नयाँ फेसबुक पेज सुरु गरेको छ। ह्याक गरिएको पेजलाई पुन: आफ्नो पहुँचमा लिन निकै प्रयास गरे पनि असफल भएको एन्फाले जनाएको छ। पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको जानकारी दिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्