घरेलु मैदानमा पराजित हुँदै बार्सिलोना युरोपा लिगबाट बाहिरियो



काठमाडौं । आइन्ट्राच्ट फ्रान्कफर्टसँग घरेलु मैदानमा बिहीबार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।

जर्मन प्रतिद्वन्द्वी फान्कफुर्टसँग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको  फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे ।बार्सिलोनाका सर्जियो बुस्क्वेट्समेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

प्रतिक्रिया दिनुहोस्