सोनाक्षीविरुद्ध प्रहरीमा पुग्यो उजुरी



काठमाडाैं : बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले २४ लाख रुपैयाँ लिएर पनि कार्यक्रममा नजाँदा फसेकी छिन्। युपी प्रहरीमा यही विषयलाई लिएर उजुरी परेको छ। सोनाक्षीविरुद्ध युपीको कटघर प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको छ। बिहीबार मुम्बई प्रहरी सोनाक्षीको जुहुस्थित रामायण बंगला पुगे। तर सोनाक्षी त्यहाँ थिइनन्।

सोनाक्षीले सन् २०१८ मा स्टेज कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ लिएकी थिइन्। प्रहरीका अनुसार प्रमोद शर्मा नामक व्यक्तिले २४ नोभेम्बरमा उजुरी दिएका थिए। उजुरीकर्ताले ३० नोभेम्बरमा दिल्लीमा आयोजना गरिएको फेसन एण्ड ब्युटी अवार्ड कार्यक्रममा सामेल हुनका लागि २४ लाख दिइएको तर उनी नआएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्