३ खानले भन्दा पनि बढी कमाउँछन् अक्षय कुमार ?



काठमाडाैं : फोर्ब्सले संसारभरमा वर्षमा धेरै कमाउने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा बलिउड अभिनेता अक्षय कुमारको नाम पनि अटाएको छ। सूचीमा अन्य बलिउड अभिनेताको नाम भने छैन। कुनै बेला लिस्टमा अमिताभ बच्चन, शाहरुख खान, सलमान खान र अक्षय कुमार आउने गर्थ्यो। तर अहिले भने यो सूचीमा अक्षय कुमार मात्र रहेका छन्।

Related image

सन् २०१८ मा पनि भारतीय सेलिब्रेटीमा अक्षय कुमारले अरुलाई पछि पारेका थिए। त्यतिबेला सलमान खानको नाम पनि सूचीमा अटाएको थियो। अहिले उनको पनि लिस्टमा नाम छैन। फोर्ब्सको लिस्टमा ३३ औँ नम्बरमा छन् अक्षय कुमार। उनले एक वर्षमा कुल ६५ मिलियन डलर (७१ करोड रुपैयाँ) कमाइ गरेका छन्। अक्षय कुमार बलिउडमा सबैभन्दा बढी कमाउने सेलिब्रेटी बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्