नेपाल आईसीसीको एकदिवसीय वरीयतामा यथावत्



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औं स्थानमा यथावत् रहेको हो।

नयाँ वरीयतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ। नेपालभन्दा तल अमेरिका र पपुवा न्यू गिनी रहेको छ। नयाँ वरीयतामा न्यूजिल्यान्ड शीर्ष स्थानमा रहेको छ। यस्तै, दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अस्ट्रेलिया, चौथोमा भारत र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्