चरम आर्थिक संकटमा फसेको श्रीलंकामा औषधिको अभाव चुलिदै



एजेन्सी । चरम आर्थिक संकटमा फसेको श्रीलंकामा औषधि र अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव चुलिएको छ । तत्काल अन्तर्राष्ट्रिय सहयोग नहुने हो भने भयंकर स्वास्थ्य संकट आउने चेतावनी दिइएको छ ।

मेडिकल विशेषज्ञ एशोसियशनका सचिव डा.ङनेशाकरमले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको मौज्दात शून्यमा आइपुगेपछि अवस्था भयावह हुने भन्दै तत्काल सहयोग आवश्यक भएको बताएका छन । अहिले नै दुखाई कम गर्ने औषधि, बेहोस बनाउने औषधिलगायतका अत्यावश्यक सामाग्रीको अभाव भईसकेको भन्दै उहाँले अर्को दुई साता भित्र मेडिकल सामाग्री र औषधि सहयोग नआउने हो भने बिरामीलाई अलपत्र छाड्नुको विकल्प नहुने बताएका छन । श्रीलंकाका अस्पतालहरुले नियमित अपरेशनका कामहरु रोकेको थुप्रै दिन भईसकेको छ ।

दुर्गम क्षेत्रमा त प्यारासिटामोल समेत उपलब्ध नभएको लामो समय भईसकेको बताइएको छ । श्रीलंकाले औषधि र स्वास्थ्य सामग्रीको ८५ प्रतिशत विदेशबाट आयात गर्ने गर्दछ । तर विदेशी मुद्राको अभावमा उसले आयात गर्ने अवस्था समेत छैन ।

प्रतिक्रिया दिनुहोस्