एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको आज केन्द्रीय सचिवालयको बैठकअघि केन्द्रीय कार्यालयको बैठक बस्दैछ । सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेलुका ६ बजे बस्दैछ ।

सो बैठकअघि बिहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पार्टी कार्यालय, थापाथलीमा बस्ने तय भएको एमाले नेता विष्णु रिजालले जानकारी दिएका हुन् ।

सचिवालय बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत छलफलका विषय रहेको एमाले नेताहरूले जनाएका छन् ।

एमालेले महानगर र उपमहानगरका मेयर उपमेयर केन्द्रबाट निर्णय गरेर उम्मेदवार बनाउने जनाएको छ भने नगर र पालिकामा सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला र प्रदेशले निर्णय गर्ने गरी यसअघि नै निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्