गगन थापा भन्छन् : केन्द्रबाट जबरजस्ती चुनावी गठबन्धन लाद्नु हुँदैन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले केन्द्रबाट जबरजस्ती चुनावी गठबन्धन लाद्न नहुने बताएका छन् ।

महामन्त्री थापाले तल्लो तहका कार्यकर्ताहरूले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न नहुने बताएका हुन् । 

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रममा थापाले  जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताएका छन् । आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको थापाले जानकारी दिएका छन् ।

‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुने तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा कांग्रेसको लागि स्वाभाविक कुरा नभएको थापाले बताएका छन् ।

उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरूले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौ भनेर प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्