ढुङ्गासहितको पहिरो खसेपछि काभ्रेको रोशी नदी थुनियो 



काभ्रे : पनौती नगरपालिकाको रोशी जोरघट्ट २ मा पहिरो खसेपछि रोशी नदी थुनिएको छ । गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आइतबार राति पहिरो खसेपछि नदी थुनिएको स्थानीयले बताएका छन् ।   

पहिरोका कारण नदी छेउमा रहेका वस्तीमा ढुङ्गासहितको भल पसेर वस्ती र सडक अवरुद्ध भएको छ भने ढुंगासहित खसेको पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । 

साथै मापदण्डविपरीत खुलेका ढुङ्गाखानीका कारण पहिरो गएपछि नदी थुनिएको स्थानीयले बताएका छन् । डाइमन्ड र कृष्टल ढुङ्गाखानी उद्योगले जथाभावी स्काभेटर प्रयोग गरेर पहाड खनेका कारण डाँडै खसेर नदी थुनिएको स्थानीयले जानकारी दिए ।

सो स्थानमा मात्र ८ वटा ढुङ्गाखानी र दुई वटा क्रसर उद्योग सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्