युक्रेनमा लड्न आएका विदेशी सैनिकलाई सिध्याउने रुसको चेतावनी



एजेन्सी । रुसले युक्रेनमा लड्न आएका विदेशी सैनिकलाई सिध्याउने चेतावनी दिएको छ । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले युक्रेनमा आएर लडिरहेको विदेशी सैनिकहरूलाई उनीहरूका नवनाजी प्रशिक्षकहरूका साथ जवाफदेही बनाइने बताएका छन् ।

टेलिग्राममा पोस्ट गर्दै उनले विदेशी सैनिकहरू स्वयंसेवी नभएको र जेनेभा महासन्धिले सुरक्षा दिने वैध लडाकू पनि नभएको उनले बताए ।

‘त्यसैले युक्रेनमा रहेका विदेशी सैनिकहरूले हाम्रा सैनिकसमक्ष आत्मसमर्पण नगरेमा उनीहरूलाई नवानजी प्रशिक्षकसँगै सिध्याइनेछ,’ मेदभेदेभले बताए । ‘उनीहरू बाँचेछन् भने उनीहरूलाई आफ्नो कामका लागि पूर्ण जवाफदेही बनाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्