सिँचाई कार्यालय भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ



भोजपुर : भोजपुरमा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ परेका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार पक्राउ गरेको हो।

यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा सोमबार १२ बजेतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो। षडानन्द नगरपालिका १३ स्थित छाँगे खोला सिँचाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको रनिङ बिल पास गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा यादव अख्तियारको फन्दामा परेका हुन्।

करिब ९८ लाख रुपैयाँ लागत अनुमान रहेको सो सिँचाई आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो। उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिशन दिए मात्र मूल्यांकन गरी बील पास गरिदिने बताउँदै आएका थिए। इन्जिनियर यादव कार्यालय नजिको फुपु भदैनी खाजा घर एण्ड लजमा घुससहित पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्