दुई दिने भ्रमणका लागि बेलायती प्रधानमन्त्री जोन्सन भारतमा



एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भारत आएका छन् । बेलायती प्रधानमन्त्री जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका हुन् । हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ।

तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरिरहेको भारतलाई जोन्सनले ‘लेक्चर’ नदिने समाचार संस्था पिटिआईले जनाएको छ ।

जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन् । भ्रमणको क्रममा प्रस्तावित स्वतन्त्र व्यापार सम्झौता, हिन्द-प्रशान्त क्षेत्रको सहकार्य बढाउने, सुरक्षा सहकार्य बलियो बनाउने सहितका विषयमा कुराकानी हुने जनाइएको छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । बेलायतले भारतलाई रुससँगको सहकार्य कम गर्न दबाब दिँदै आएका बेला भएको जोन्सनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्