यस्तो बन्यो ‘वार’ फिल्मको टिजर (टिजरसहित)



काठमाडौं : बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को अफिसियल टिजर सार्वजनिक भएको छ। ‘टू हिरोज वान वार’ को ट्यागलाइनसहित निर्माण कम्पनी यशराज फिल्म्सले सार्वजनिक गरेको हो।

फिल्मको ५३ सेकेण्डको टीजरमा ऋतिक र टाइगरबीच घमासान युद्ध देखाइएको छ। दुईसँगै टिजरको एक दृश्यमा अभिनेत्री वाणी कपूर पनि देखिएकी छन्। यो फिल्म आगामी २ अक्टूबर अर्थात् असोज १५ गते प्रदर्शनमा आउँदैछ। 

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्