‘गुन्डा नाइके’ निमा भनिने राजेन्द्र लामा पक्राउ



काठमाडौं: गुन्डा नाइके निमा भनिने राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ परेका छन् । कोटेश्वर र जडीबुटी क्षेत्रमा व्यवसायीलाई धम्काउँदै आएका लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी अधिकारीले बताए ।

 विस २०७२ चैत १० गते नेविसंघका नेताहरुलाई कुटपिट गरेको अभियोगमा उनीविरुद्ध मुद्धा चलेको थियो । यस्तै २०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ बर्ष जेल समेत परेका थिए ।

दरवारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी धम्काएको अभियोगमा समेत पक्राउ परेका थिए । उनले मुस्कान व्युटीपार्लर समेत सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्