रुस-युक्रेन युद्ध : युक्रेनमा ६० अर्ब डलरको संरचना ध्वस्त



एजेन्सी । रुसले युक्रेनमा गरेको आक्रमणबाट अहिलेसम्म ६० अर्ब डलरबराबरको संरचना ध्वस्त भएको । विश्व बैंकले बिहीबार युक्रेनको भवन तथा अन्य संरचनामा पुगेको क्षतिको आकलन सार्वजनिक गरेको हो ।

अहिले विश्व बैंकले सार्वजनिक गरेको आकलनमा युद्धको कारण आर्थिक क्षेत्रमा परेको असर भने समावेश गरिएको छैन । युद्ध निरन्तर जारी रहेसँगै यसबाट पर्ने क्षति पनि बढ्दो क्रममा रहेको विश्व बैंकका अधयक्ष डेभिड मालपासले बताए ।

भर्चुअल बैठकको क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई अब अहिले पुरानै अवस्थामा फर्काउन मासिक ७ अर्ब डलरबराबरको वैदेशिक सहायता आवश्यक रहेको बताएका थिए ।

पूर्णरुपमा पहिलाको जस्तै बनाउन भने खर्बौं डलर खर्च गर्नुपर्ने अवस्था रहेको जेलेन्स्कीले बताएका छन् । जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायसँग रुसको सम्पत्ति जफत गरी पछि त्यो सम्पत्ति युक्रेनको पुनर्निर्माणको लागि प्रयोग गर्न पनि अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्