संसारकै लामा खुट्टा भएको दाबी गर्ने यी चिनियाँ हट मोडल



काठमाडाैं : एक २० वर्षीया चिनियाँ मोडलको चर्चा बढी छ। उनी हुन्– दोङ लेइ। यी मोडलको चर्चा हुनुको मुख्य कारण भनेको लामा खुट्टा हुनु हो। लामा खुट्टा भएकै कारण उनी भाइरल भइरहेकी छिन्। उनको खुट्टाको लम्बाई ४५ इन्च छ। सामान्यतयाः ७ वर्षकी युवतीको पूर्ण उचाइ बराबर उनका खुट्टा मात्रै छन्।

५ फिट ११ इन्चकी यी मोडल पूर्वी चीनको आनुही प्रान्तकी हुन्। १६ वर्षकै उमेरमा उनको उचाइ ५ फिट ९ इन्च थियो। उनका पिताको उचाई पनि ६ फिट १ इन्च र आमा ५ फिट ७ इन्चकी छिन्। सोही कारणले पनि उनको उचाई तुलनात्मकरुपमा बढी भएको हो।

आफ्नो उमेर समूहमा उनी संसारकै लामा छुट्टा भएको दाबी गर्छिन्। तर, संसारकै लामा खुट्टा भएकी युवती भने रसियन सुन्दरी इकाटेरिना लिसिनाको नाममा गिनिज बुकमा रकेर्ड छ। उनी ६ फिट ९ इन्च अग्ली छिन्।

 

प्रतिक्रिया दिनुहोस्