कालीप्रसादलाई ‘समाचार’ बोलको गीतमा धुन चोरेको आरोप



काठमाडौं: प्रसिद्ध संगीतकार काली प्रसाद बास्कोटाले ‘समाचार’ बोलको गीतमा अरुनै गीतको  संगीत चोरेको आरोप लागेको छ । हेटौँडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो ।

बिक्कीले आफ्नो फेसबुक मार्फत कालीले संगीत भरेको समाचार बोलको गित र आफूले दशमहिनाअघि निकालेको ‘बुझाई देउन’ गितको संगीत मिलेको स्ट्याटस लेखेका छन् । उनले  आफ्नो गीतको धुन चोरेकोमा आफु छक्क परेको लेखेका छन्।

महत अहिले बास्कोटासँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् । प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन ।

तर प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछी सोमबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् । यसअघि पनि उनलाई ‘ईन्सटाँको फोटो’ भन्ने गीतमा उनलाई संगित चोरिको आरोप लागेको थियो। उनले कार्ला ब्रुनीको फ्रेन्च गीत केलक्याँबाट संगित हुबहु चोरेको आरोप लागेपछि सामाजिक संजालमा बहस समेत सिर्जनाभएको थियो ।

महतले प्रहरीमा दिएको उजुरीपत्र:

प्रतिक्रिया दिनुहोस्