सोनाक्षीलाई ठगी मुद्दा, घरमै पुग्यो प्रहरी 



बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई ठगी गरेको भनि मुद्दा हालिएको छ । यतिबेला उनी ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । 

सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् । त्यसपछि सोनाक्षीविरुद्ध ठगी गरिएको भन्दै मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Image result for sonakshi sinha in traditional dress

यही घटना बारेमा सोनाक्षीको बयान लिन प्रहरी टोली जुहुस्थित उनको घरमा पुगेको थियो ।  

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोली सोनाक्षीको घर पुग्दा उनी घरमा थिइनन् । त्यसैले प्रहरी टोली फेरि सोनाक्षीको घर जानसक्ने बताइएको छ । यस घटनाका विषयमा सोनाक्षीका म्यानेजरले भने सोनाक्षीलाई लगाएका सबै आरोप झूटो रहेको बताएका छन् । साथै उनले यो सबै सोनाक्षीको छवी खराब गर्ने तरिका भएको बताएका छन् । 

अहिले सोनाक्षी आगामी चलचित्र ‘खानदानी सफाखाना’ को प्रचारमा व्यस्त छिन् । यो चलचित्र सन् २०१९ को अगष्ट २ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्