हालसम्म देशभर १६ हजार बढीले दर्ता गराए उम्मेदवारी (विवरणसहित)



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभर १६ हजार बढीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबारदेखि सोमबार मध्याह्न १२ बजेसम्म १६ हजार ५६८ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ताका लागि देशभर साँझ ५ बजेसम्म समय तय गरिएको छ ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा ७६८ जना, अध्यक्ष पदमा ६१४ जना तथा उपप्रमुख पदमा ३८३ र उपाध्यक्ष पदमा ३३४ जनाको उम्मेदवारी परेको छ । रुपन्देहीमा विभिन्न पदका लागि सबैभन्दा बढी उम्मेदवारी परेको छ भने सबैभन्दा कम उम्मेदवारी मुगुमा परेको छ । रुपन्देहीमा मेयर/अध्यक्ष पदका लागि सबैभन्दा बढी ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, काठमाडौंमा ५८ जनाले मेयर/अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्