पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ?



नयाँ दिल्ली । भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका छन् । कंग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर सिंह राजा र अकाली दलका दलजित सिंह चिमाले मुख्यमन्त्रीको भ्रमणको चर्को आलोचना गरेका छन् ।

‘पछिल्लो एक महिनामा आम आद्मी पार्टी नेतृत्वको सरकार रहेको पञ्जाबका १४ किसानहरूले आत्महत्या गरेका छन् । १४ जना किसानहरूमध्ये तपाइले कतिजनालाई भेट गर्नु भयो रु तपाई बारम्बार दिल्ली जानुहुन्छ ’, अमारिन्दर सिंह राजाले लेखेका छन्, ‘आशा गरौँ तपाइँले दिल्लीको असफल कोभिड फाइटिङ मोडल यहाँ ल्याउनु हुन्न रु के सरकार दिल्लीबाट पाँच वर्ष चल्छ रु’

आफ्ना वरिष्ठ अधिकारीहरूसँगै मुख्यमन्त्री मान ‘दिल्ली मोडेल’ सिक्न र पञ्जाबमा यसलाई दोहो¥याउन सोमबार राष्ट्रिय राजधानीमा स्वास्थ्य संस्थान र विद्यालयहरूको भ्रमण गर्ने बताइएको छ । आम आदमीले पञ्जाबको सत्तामा आउनुअघि राज्यका स्कूल र अस्पतालहरूको अवस्था सुधार गर्ने वाचा गरेको थियो ।

दिल्ली सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री अरविन्द केजरीवाल र मानले पञ्जाबमा ‘दिल्ली मोडेल’ लाई कसरी अनुकूलन गर्न सकिन्छ भनेर बुझ्न उनीहरूको टोलीसहित सरकारी विद्यालय, अस्पताल र क्लिनिकहरूको भ्रमण गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्