सीके राउतको जीवनीमा आधारीत चलचित्र बन्दै, छठमा रिलिज हुने



काठमाडौं : डाक्टर सीके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ। स्वतन्त्र मधेशको नारा बिसाएर भर्खरै मुलधारको राजनीतिमा आएका राउतको नाममा चलचित्र निर्माण हुने भएको हो।

‘डा. सीके राउत’ नाम राखेर ५० प्रतिशत राउतको वास्तविक जीवन र ५० प्रतिशत कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीको ‘क्युज सिनेमा’मा एक कार्यक्रमको आयोजना गर्दै आयोजकले जानकारी दिएको छ। चलचित्र आगामी छठ पर्वमा प्रदर्शन हुने बताइएको छ।

कार्यक्रममा डा. सीके राउतको टिजर पनि सार्वजनिक गरिएको छ। कार्यक्रममा डा. सीके राउतले आफूलाई डेढ महिना अघि चलचित्र निर्माण टिमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए। ‘मलाई भेट्न आउँदा खासै विश्वास लागेको थिएन। पछि उहाँहरूले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो’, राउतले कार्यक्रममा भने।

विजेता गिरीको प्रस्तुति रहने चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन। चलचित्रमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सीके राउतको भूमिका निभाउने छन्। चलचित्रमा परदेशीका अलावा धुव्र कोइराला, पुकार भट्टराई, बिशाल पहाडी, किरण थापा लगायतका कलाकारको मुख्य अभिनय रहनेछ।

एसोसियट निर्देशक नबराज शर्मा रहने चलचित्रलाइ पवन गौतमले छायांकन गर्नेछन्। रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ।

प्रतिक्रिया दिनुहोस्