उम्मेदवारको नामावली आज प्रकाशन हुँदै



काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज (बिहीबार) प्रकाशन गरिने भएको छ । १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ।

१६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ। त्यसपछि उम्मेदवारले प्रचार प्रसारका लागि १० दिनको समय पाउनेछन्। बैशाख ३० गते निर्वाचन सुरु हुनु अगाडिको ४८ घन्टा मौन अवधि हुनेछ।

मौन अवधि सुरु हुनु अघिसम्म उम्मेदवारले प्रचार प्रसारका लागि समय पाउनेछन्। बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ। ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्