१ सय ५० वर्ष पुरानो रुखबाट एक्कासि पानीको धारो निस्किदा…



एजेन्सी । युरोपमा करिब १ सय ५० वर्ष पुरानो एक रुखबाट एक्कासी पानीको धारो निस्किएको छ ।

युरोपमा रहेको मोन्टेनेग्रो देशको डिनोसा गाँउमा शहतुत (मलबेरि) नामको रुख पाइन्छ । यो अनौठो रुखबाट पानीको धारा निस्किने गरेको छ । त्याहाँको यो अद्भुत दृश्य जाडोको अन्त्यमा र वर्षाको समयमा मात्र देखिने गरेको छ । जमिनबाट करिब १.५ मिटर उचाइमा रुखकोबीच भागबाट पानीको ठूलो धारा निस्किने गरेको छ । यो अद्भुत दृश्यलाई सो ठाउँका स्थानीयहरू मध्ये कसैले भगवान र कसैले प्रकृतीको वरदान रुपमा मान्ने गरेका छन ।

युरोन्यूजका अनुसार २० वर्ष अगाडिदेखि सो रुखबाट पहिलो पटक पानी निस्कन सुरु गरेको हो । जुन अहिलेसम्म पनि विशेष मौसममा निस्कने गरेको छ । साथै यो रुखबाट पनी एक दुई दिनका लागि मात्रै निस्कने गर्दछ । पछिल्लो समय यो रुख धेरै चर्चित हुँदै आएको छ । यस रुखबाट निस्केको पानी हेर्नलाई धेरै टाढादेखि पनि मानिस र सञ्चार माध्यम सोही ठाउँमा पुग्ने गरेका छन ।

सोही ठाउँका स्थानीयले बीबीसीसँगको कुराकानीमा भनेका छन, यो रुखको ठिक तल पानीको स्रोत छ । रुखको खाली खोडबाट पानी माथि पुग्ने र त्यो दुर्लभ दृश्य देखिने स्थानीयले बताएका छन । हिउँ पग्लियको वा अत्याधिक वर्षाका कारण जमिनको पानीको सतह बढ्ने एक अनुसन्धान देखाएको छ । बढ्दो दवावका कारण पानी जराबाट खोक्रो कण्डमा जान्छ र ठाँउ पाएपछि खस्न थाल्ने एक अनुसन्धानले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्