विमान उड्न लाग्दा पखेटामा मान्छे देखिएपछि…(भिडियो)



काठमाडौं : नाइजेरियामा विमान उड्न लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ। शुक्रबार लागोस सहरमा उक्त घटना भएको हो। अधिकारीहरूका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए।

उनी छेउबाट विमानमा चढेर पखेटासम्म पुगेको अज्मन एयरका पाइलटले बताए। ती व्यक्ति पखेटामा चढेको भिडियो समेत सार्वजनिक भएको छ। जुन यतिबेला निकै भाइरल बनेको छ। हाल उनी प्रहरीको नियन्त्रणमा छन्।

भिडियो : 

प्रतिक्रिया दिनुहोस्