काठमाडौंबाट दुई किलो पहेँलो धातुसहित एक पक्राउ



काठमाडौं : काठमाडौंको नागढुंगा नाकाबाट प्रहरीले दुई किलो सुनजस्तो देखिने पहेँलो धातुसहति एक जनालाई पक्रउ गरेको छ । 

भैरहवाबाट आउँदै गरेको ट्रक चेकजाँच गर्ने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक जनालाई पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन ।

नियन्त्रणमा दिएको महेँलो वस्तु सुन हो वा होइन परीक्षणपछि मात्रै थाहा हुने र विवरण खुलाइने थानकोटका डीएसपी कुमारविक्रम थापाले बताए । 

यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्